Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
एकल महिला काे वडा समिति काे अध्यक्षमा सीता गुरूङ चयन

एकल महिला काे वडा समिति काे अध्यक्षमा सीता गुरूङ चयन

पालुङटार, माघ २५

पालुङटार नगरपालिका वडा नं. ९ मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  ।

जसकाे अध्यक्षमा सीता गुरूङ चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा छेउमाया लामा, सचिवमा मिना सेडाइ, काेषाध्यक्षमा अनिता थापा रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा शाेभा बि.क, कालीमाया गुरूङ, मिना थापा, मञ्जु अधिकारी, देवीमाया कुमाल, शान्तमाया लामा, मिठीमाया कुमाल,मस्तमाया  तामाङ र फुलमाया तामाङ रहेका छन् ।

वडा नं. ९ काे वडा कार्यालयमा  एकल महिला गंगादेवी हमालकाे अध्यक्षतामा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने  वडा नं. ९ का वडाध्यक्ष भेजराज पाण्डे ले बिशेष  अतिथिकाे रूपमा बाेल्दै कार्यक्रमकाे प्रशंशा गर्नुभएकाे थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिका वडा नंं ७ की वड सदस्य भगवती कुमाल लगायतकाले मन्तव्य राखेका थिए ।

गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.