मानवअधिकारका लागि महिला एकल महिला समुह काे अध्यक्षमा सबिना अधिकारी

पालुङटार, माघ २४

पालुङटार नगरपालिका वडा नं. ६ मा मानवअधिकारका लागि महिला एकल महिला समुह सबिना अधिकारीकाे अध्यक्षतामा गठन गरिएकाे छ ।

वडा नं. ६ काे कार्यालय भवनमा सम्पन्न भेलाबाट चयन भएका अन्य पदाधिकारीहरूमध्ये उपाध्यक्षमा साबित्री बस्नेत, सचिवमा शान्ता सुनार, काेषाध्यक्षमा सुन्तली नेपाली रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा पम्फा मल्ल, कल्पना प्रजापति, राजिना थापा, हरिमाया खनाल रहेका छन् ।

वडा नं. ६ काे वडा कार्यालयमा  एकल महिला सावित्री बस्नेतकाे अध्यक्षतामा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने  वडा नं. ६ का वडाध्यक्ष गाेविन्द बराकाेटी ले बिशेष  अतिथिकाे रूपमा बाेल्दै कार्यक्रमकाे प्रशंशा गर्नुभएकाे थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिका वडा नंं ७ की वड सदस्य भगवती कुमाल, वडा नं. ६ की वडा  सदस्य कमला बि.क. सामाजिक परिचालिका चञ्चला रेग्मी .लगायतकाले मन्तव्य राखेका थिए ।

 

गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.