काठमाडौं :
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौँ महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी सकिएको छ भने पदाधिकारी भने अागामी साेमबार बस्ने बैठकले टुङ्ग्याउने भएकाे छ ।
अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गर्नुभएको केन्द्रीय सदस्यहरुको सूची पारितसँगै महाधिवेशन सकिएको हो ।
नवनिर्वाचित घोषित केन्द्रीय समितिको बैठक सोमबार बस्ने र साेही बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयाे ।
माओवादी केन्द्रीय कमिटी २९९ सदस्यीय रहेको छ । महाधिवेशन हलबाट पारित भएका बाहेकका सदस्यहरू भाेलिकाे बैठकले टुङ्ग्याउने जानकारी दिइएकाे छ ।
त्यस्तै, केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने नेता महाराले जानकारी दिनुभएकाे छ ।