पाैष ११, गाेरखा ।
नेपाल सरकारकाे निती बमाेजिम गाेरखाकाे पालुङटार नगरपालिकामा १२ बर्षमाथिका बालबालिकाहरूलाइ माेडना खाेप दिने कार्य भइरहेकाे छ ।
खासगरी १२ देखि १७ बर्षसम्मका बालबालिकाहरू बिद्यालयमा रहेर अध्ययन गरिरहेकाे कारण बिद्यालयमा नै खाेपकेन्द्र राखी अभियान सञ्चालन गरिएकाे छ ।
यस नगरपालिका वडा नं. ७ काे च्याङलीमा च्याङली स्वास्थ्य चाैकीले पाैष १० गते बालकल्याण मा.वि. खत्रीटार र ११ गते जीवन ज्याेति मा.वि. बिरूवाटार तथा सूर्य मेमाेरियल बाेर्डिङ स्कूल मा खाेप केन्द्र कायम गरी खाेपकाे पहिलाे मात्रा लगाइएकाे च्याङली स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभयाे ।
उहँाका अनुसार अब बाँकी छुट भएका १२ देखि १७ बर्षसम्मका बालबालिकाहरूलाइ १२ गते च्याङली स्वास्थ्य चाैकीमा खाेप दिइने छ ।