पालुङटार नगरपालिकामा स्वयंसेवक शिक्षककाे लागि बिज्ञापन कुन तहमा कति जना ?

मंसीर २ , गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिकाले नगरपालिकाभित्रका बिद्यालयहरूमा शिक्षक अभाव परिपूर्तिकाे लागि स्वयंसेवक शिक्षककाे लागि बिज्ञापन गरेकाे छ ।

नगरपालिकाले बालबिकास सहजकर्तादेखि माध्यमिक तहसम्मकाे शिक्षकहरूकाे लागि बिज्ञापन अाव्हान गरेकाे छ । नगरपालिकाले गरेकाे बिज्ञापन अनुसार बालबिकास सहजकर्ता ७ जना, अाधारभूत तह (कक्षा १-५) का लागि ६ जना, अाधारभूत तह (कक्षा ६- ८) का लागि बिभिन्न बिषयमा गरी १० जना र माध्यमिक तह  (कक्षा ९- १२) का लागि बिभिन्न बिषयमा गरी ८ जना माग गरिएकाे छ । त्यस्तै गरी अावश्यक ठहरिएमा बिज्ञापन भएकाे मितिले ७ दिनभित्र माग संख्या संसाेधन गरिने बताइएकाे छ ।

१८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका पुरूष र ४२ बर्ष ननाघेका महिलाले अावेदन दिन सकिने सूचनामा बताइएकाे छ  शिक्षा एेनमा भने महिलाकाे उमेर ४५ बर्ष तेाकिएकाे छ । बालबिकास सहजकर्ताकाे लागि एस.इ.इ. उत्तीर्ण, कक्षा १-५ का लागि प्रबीणता प्रमाणपत्र तह उत्तीर्ण, कक्षा ६-८ का लागि सम्बन्धित बिषयमा प्रबीणता प्रमाणपत्र तह उत्तीर्ण र माध्यमिक तह कक्षा ९-१२ का लागि सम्बन्धित बिषयमा स्नातक तह उत्तीर्ण गरेकाले अावेदन दिन पाउने छन् ।

शिक्षा एेन अनुसार कक्षा ११ र १२ मा अध्यापन गराउनका लागि सम्बन्धित बिषयमा स्नातकत्ताेर तह उत्तीर्ण गरेका शिक्षक अावश्यक पर्दछ ।

अावेदन दिन चाहने उम्मेदवारहरूले मंसीर १५ गतेभित्र अावेदन दिनुपर्नेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.