7A side फुटबल प्रतियोगिताको उपाधि गोरखाको ब्लुस्टार युवा क्लबकाे पाेल्टामा

गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ नयाँबजार हवाइग्राउण्डमा आयोजित 7A side फुटबल प्रतियोगिताको उपाधि गोरखाको ब्लुस्टार युवा क्लबले जितेको छ। मर्स्याङ्दी युवा क्लबद्वारा दिपावलीको अबसरमा आयोजित प्रतियोगिताको आज भएको फाइनल खेलमा तनहूँ जिल्लाको भानुको सामना युवा क्लबलाई ०–२ गोल अन्तरले हराउदै ब्लुस्टार युवा क्लबले उपाधी जितेको हो।

उपाधीसँगै क्लवले ३० हजार रुपैयाँ नगद र कप हात पारेको छ। प्रतियोगितामा उपविजेता बनेको सामना युवा क्लब ले पनि १५ हजार रुपैयाँ नगद र कप हात पारेको छ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा ब्लुस्टार युवा क्लवका जगदीश थापा सम्मानित हुनुभएको छ भने उत्कृष्ट गोलकिपरमा ब्लुस्टार युवा क्लवकै प्रबिन तिरुवा सम्मानित हुनुभएको छ।

प्रतियोगिता सम्पन्न पश्चात भएको समापन कार्यक्रम पालुङटार नगरपालिकाका मेयर इन्जिनियर दिपकबाबू कडेलको प्रमुख आतिथ्यता तथा क्लवका अध्यक्ष आइत राम गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगरपालिकाकी उपमेयर पम्फा भुसाल, वडा नं. ५ का अध्यक्ष दिपक पाण्डे, वडा नं. ६ का अध्यक्ष गोविन्द बराकोटि, लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको द्वितीय पुरस्कारको प्रायोजक नेपाली काङ्ग्रेस क्षेत्र न. २ प्रदेश सभाका सभापति तथा गोरखा लिगलिग होटल काठमाडौं र होटल गोवा प्यालेस पोखराका संचालक दीर्घमान गुरुङ रहनुभएको थियो । उक्त कार्यक्रमलाई अन्य दाताहरुको समेत आर्थिक सहयोग गर्नुभएको थियो । कार्यक्रमको संचालन याम बहादुर घलेले गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.