एस.बी. नेपाली
कार्तिक १५,दमाैली
गण्डकी प्रदेश सभासदस्य आशा कोइरालाले अन्याय, अत्याचार,बिभेद लगायतका संम्पूर्ण असमानताको बिरुद्दमा संञ्चारकर्मीले शसक्त रुपमा आवाज बुलन्द बनाउनुपर्ने बताउनुभयो । प्रेस सेन्टर नेपाल तनहुँ शाखाको चौथौ अधिवेशनको सोमबार दमौलीमा उद्घाटन गर्दै साँसद कोइरालाले सो कुरा बताउनुभएको हो । मेची देखि महाकाली र हिमाल देखि तराईसम्म आम जनसमुदायलाई एकै चोटी सुसोचित गर्ने कुरा क्रान्तिकारी पत्रकारहरु अग्र पंक्तिमा रहेको उहाँले चर्चा गर्नुभयो । जसले क्रान्तिमा लाग्न पनि प्रेरित ग¥यो,उसैले क्रान्तिको विकास मार्फत प्रेरित गर्दै आज जनयुद्दले उठाएका मुद्दाहरु शान्ति सम्झौताको माध्यमबाट राष्ट्रको एजेण्डा बन्न सफल भएको उहाँले बताउनुभयो । जनआन्दोलन मार्फत उठाएका मुद्दाहरु ऐतिहासिक दोस्रो जनआन्दोलन मार्फत राष्ट्रमा स्थापित भएको चर्चा गर्दै उहाँले परिणाम स्वरुप गणतन्त्र पाएको दाबी गर्नुभयो । गणतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान प्राप्त गर्न सकिएको हो, उहाँले भन्नुभयो ‘संविधानबाट नेपालका सबै उत्पीडित जाति,बर्ग, क्षेत्र र समुदायका हक अधिकार स्थापित गर्न सफल भएको छ । ’नेपालको संविधान बिश्वका उत्कृष्ट संविधान सरह परिभाषित गर्न सकिएको उल्लेख गर्दै यति ठुलो ऐतिहासिक महत्वपूर्ण हासिल गर्न संञ्चारकर्मीको अतुलनीय योगदान रहेको उहाँले बताउनुभयो । गौरवपूर्ण इतिहासलाई कायम राख्दै क्रान्तिका जतिपनि उपलव्ध छन्,ती सबै उपलव्धीलाई प्रचार प्रसार गरी आम नागरिक समक्ष सम्प्रेषण गरी रक्षाको दुढतापूर्वक कलम चलाउने दायित्व संञ्चारकर्मीहरुको रहेको उहाँले बताउनुभयो ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सहइन्चार्ज एवं न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरुले नेपाल पत्रकार महासंघको पुर्वसन्ध्यमा नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रतिगमन बिरुद्दका आन्दोलनमा सहभागि भएका घटकहरु बीच एकता गराएर देशव्यापी रुपमा मोर्चा बनाएर अघि बढिएको बताउनुभयो । नेपालमा संघीयता,धर्म निरपेक्षता,सामजिक बिभेद,समानुपाति निर्वाचन देखि लिएर समावेशी प्रतिनिधित्व गर्ने सवालमा नेकपा माओवादी केन्द्रले उठाएको एजेण्डा भएको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य अतिन्द्रकेशरी न्यौपानेले प्रेस सेन्टर नेपाल माओवादी आन्दोलनबाट विकसित गरेको संगठन भएकोले माक्सबाद लेनिनबाद र माओवाद बैचारिक धरातल हो भन्ने कुरालाई यस संगठनमा आवद्द पत्रकारहरुले भुल्न नहुने बताउनुभयो । प्रेस सेन्टर युद्द पत्रकारिताबाट अघि बढेको र नेपालको रक्तपुर्ण आन्दोलनको इतिहास बोकेको चर्चा गर्दै उक्त इतिहासलाई कायम गर्ने गरी नेपाली जनताका आमूल परिवर्तनका लागि हो भन्ने आभास गराउन संञ्चारकर्मीका कलम अझै तिखारिन आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य रामबहादुर घले,नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल लगायतका वक्ताहरुले संगठनलाई मजबुद बनाउँदै अघि बढाउन र शसक्त रुपमा आवाज बिहीनहरुको आवाज बन्न पत्रकार सक्षम बन्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद् सदस्य ईश्वरी प्रसाद ढकालले कार्यक्रम संञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रेस सेन्टर तनहँुकी सदस्य अस्मिता खनालले गर्नुभएको थियो ।