दर्बुङबाट बेनिघाट जादै गरेको बोलेरो ब्रेक फेल हुँदा १५ जना घाइते

गोरखा, २ कात्तिक ।

गोरखाको गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै मलेओडारमा बोलेरो जीप दुर्घटना हुदाँ १५ जना घाइते भएका छन्। पालिकाको दर्बुङबाट बेनिघाट जादै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो ब्रेक फेल हुँदा १५ जना घाइते भएका हुन् ।

फिस्लिङबाट दलभञ्जयाङ तर्फ जाँदै गरेकाे बाेलेराे जीप । तस्वीर राजेन्द्र न्याैपाने

दुर्घटनामा घाइत मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । क्षमताभन्दा बढी लोड हुँदा बोलेरो दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

बोलेरोको ब्रेक फेल भएपछि चालक राजु थापाले गाडीलाई भित्तामा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगाउन सफल भएका छन् । गण्डकी गाउँपालिका भित्र चल्ने राताे नम्बर प्लेटका बाेलेराे जीपहरुले ४० जना सम्म मानिसहरु राखेर अाेसारपसार गर्दै आएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.