प्रहरीद्वारा सरसफाइ अभियान सञ्चालन

गाेरखा ।

प्रहरी दिवश २०७८ का अवसरमा जिल्ला प्रहरी कार्यालय गाेरखाले अन्य बिभिन्न कार्यक्रमहरूसहित सरसफाइ अभियान समेत सञ्चालन गरेकाे छ ।

जस अन्तर्गत १७ गते बेलुकी जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक शेखर खनालको उपस्थितीमा ४७ जना प्रहरी कर्मचारीहरुले गोरखा नगरपालिका वडा नं. ६ स्थित रानीपोखरीको प्राङ्गण, मन्दिर तथा कुण्ड एरियामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयाे ।

त्यस्तै गरी पालुङटार ७ मा रहेकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले पनि सरसफाइ अभियान सञ्चालन गरेकाे छ । जसअन्तर्गत वडा नंं. ७ काे अाहालेवरमा रहेकाे कृष्ण मन्दिर अासपास क्षेत्रमा स्थानीयहरूकाे सहयाेगमा सरसफाइ गरेकाे छ ।प्रहरी दिवस मनाउनुका साथै  चाडपर्व नजिकिदै अाएकाे सन्दर्भमा बिभिन्न स्थानहरूमा सरसफाइ कार्यक्रम हरू समेत सञ्चालन गर्नुपर्ने देखिएकाले सरसफाइ गरिएकाे प्रहरीले जनाएकाे छ । अन्य स्थानहरूमा पनि बिस्तारै यस्ताे कार्यक्रमहरू अघि बढाइने जनाइएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.