गाेरखाका रेग्मीमाथि कुटपिट गरी सिक्री र नगदसहित लुटपाट गर्ने ९ जना पक्राउ

१५ असोज, काठमाडौं ।

गाेरखाका अजय रेग्मीमाथि कुटपिट गरी सिक्री र नगदसहित लुटपाट गर्ने ९ जना काठमाण्डाैबाट पक्राउ परेका छन्।

बिहीबार दिउँसो काठमाडौंको गोंगबु शिवमन्दिर नजिकै सडकमा हिँडिरहेका गोरखा अजिरकोटका  रेग्मीलाई कुटपिट गरी घाँटीमा लगाएको सुनको सिक्री र नगदसहितको पर्स लुटपाट गरेर फरार भएकाहरूलाइ शुक्रबार पक्राउ गरिएकाे  प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा  दाङ घोराहीका २१ वर्षीय अनिल मगर, रुकुम टकसराका ३० वर्षीय सूर्य बुढा मगर, सिन्धुपाल्चोक ठूलो पहाडका २५ वर्षीय विशाल केसी, मोरङ बेलबारीका २७ वर्षीय यमन राई, धरानकी २२ वर्षीया प्रिया गुरुङ, काभ्रे तामाघाटकी २१ वर्षीया पूजा राई, धनगढीकी २२ वर्षीया सुस्मा कार्की, काभ्रे चौवासकी २२ वर्षीया ईस्मी कुँवर र काभ्रे मण्डनदेउपुरका ३२ वर्षीया सुरराज भट्टराई रहेका छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले लुटिएको सुनको सिक्रीसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयाे ।

पक्राउ परेका ९ जनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.