गोरखा १३, असोज । गोरखाको मनास्लु हिमाल आरोहण गर्ने क्रममा क्यानडियन नागरिकको ज्यान गएको छ ।
चुमनुब्री गाउँपालिका १ मा रहेको मनास्लु हिमाल आरोहणका क्रममा बेहोस भएका ब्रेन्ट सेलको ज्यान गएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
स्नो होरिजन कम्पनीबाट स्विकृत लिएर हिमाल आरोण गरेका उनको मंगलबार ७ः३५ बजे बेस क्याम्प ४ को १०० मिटर माथि पुग्दा अचानक बेहोस भएको र तत्कालै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।
मृत्तक सेलको शव प्रहरी चौकी सामागाउँले स्थानिय संग समन्वय गरेर मनास्लु बेश क्याम्पमा झारे पछि बुधबार कैलास एयर मार्फत पोष्टमार्टमका लागी राजधानीको शिक्षण अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।