नेक्रविक्रम चन्द विप्ल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दीपुरमा जारी ११ औं पूर्ण बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनैतिक दस्तावेज प्रस्तुत गरेका छन् ।पार्टी भूमिगत भएयता आयोजना गरिएको बैठकमा विप्लवसँगै स्थायी समितिका सदस्य नेताहरु खड्गबहादुर विश्वकर्मा, धमेन्द्र बाँस्तोला, सन्तोष बुढा, हेमन्तप्रकाश ओलीलगायत अधिकांश छन् ।७० मध्ये ६७ केन्द्रीय कमिटी सदस्य सहभागी बैठक आगामी मंगलबारसम्म चल्ने पार्टीका तनहुँ ईञ्चार्ज पूर्णजीत पुन उभारले जानकारी दिए ।बैठकमा विप्लवले राजनैतिक प्रस्ताव प्रस्तुत गरेका छन् । पहिलो दिन आ आफ्नो क्षेत्रबाट रिपोर्टिङ लिएका विप्लवले आफ्नो प्रस्तावमाथि आएका टिप्पणी पछि सम्बोधन गर्नेछन् ।बन्दीपुर माउण्टेन रिसोर्टमा जारी बैठकमा पार्टी नेताहरुले मेसको खाना खाइरहेका छन् । बैठक रिसोर्टमा भए पनि बसोबास भने आसपासका घर र होटलहरुमा गरिएको दाबी नेताहरुको छ बैठकमा नेताहरुलाई फोन लैजान र बन्द सत्रमा तस्बिर खिच्न समेत प्रतिबन्ध लगाइएको छ ।प्रतिबन्धित भएर खुला राजनीतिमा आए पछि यो पार्टीको पहिलो बैठक भएको बताइन्छ ।
बन्दीपुर नेकपा बैठकमा विप्लवको राजनैतिक प्रस्तावमाथि छलफल
Facebook Comments Box