गाेरखाका ४३ बर्षीय गुरूङकाे शव मनाङमा भेटियाे, कसरी भयाे उनकाे मृत्यु …………..

गोरखा २९ भदौं ।

गोरखाका एक पुरुष आज मनाङमा मृतावस्थामा भेटिएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर २ घर भएका ४३ बर्षका क्षेत्रबहादुर गुरुङ मृतावस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गुरुङको शव मनाङको निस्याङ गाउँपालिका वडा नम्बर ४को स्थित मस्याङदी नदीको किनारमा फेला परेको हो ।

निस्याङ गाउँपािलकाकै सब्जे भन्ने ठाँउमा स्याउ फर्ममा काम गर्द आएका गुरुङको शव दिउँसो फेला परेको प्रहरीको भनाई छ । शव घोप्टो परेको अबस्थामा भेटिएको हो । गुरुङ यही भदौं २६ गतेदेखि हराएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे  छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.