२० भाद्र, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिकाका बिद्यालयहरू अाजबाट खुलेका छन् । नगर शिक्षा समितिकाे निर्णयअनुसार अाजबाट सवै विद्यालयहरू खुलेका हुन । विद्यालयमा मास्क स्यानिटाइजर सहित स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने अनुमति दिएकाे नगर पालिकाका शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले जानकारी दिनुभयाे । उहाँका अनुसार विद्यालयमा शिक्षक तथा बिदयार्थीहरूकाे स्वास्थ्य सुरक्षाका लागि मास्क र स्यानिटाइजर खरीदकाे लागि रकम समेत व्यवस्था गरिएकाे छ ।
कम संख्या भएका बिद्यालयहरू भने पूर्ण रूपमा खाेलिएका छन भने कतिपय विद्यालयहरू सिफ्ट प्रणालीमार्फत सञ्चालन गरिएका छन् । धेरै विद्यार्थी भएका विद्यालयहरूमा भने सिफ्ट प्रणालीबाट सञ्चालन गर्न कठिनाइ हुने केही विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन् ।