Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
अविरल वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अवरुद्ध

अविरल वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अवरुद्ध

मुग्लिन, १० भदौ । अविरल परेको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको सेतिदोभानमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका २९ मा पर्ने सेतिदोभानमा अहिले साँझ साढे ८ बजेतिर पहिरो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको हो।

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर चल्ने सवारी साधनहरुलाई मुग्लिन बजार र रामनगरमा रोक्न सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक सुर्य मगरले जानकारी दिए। अहिले पनि मुग्लिन–नारायणगढ सडकखण्डमा भिषण पानी परिरहेकोले सो क्षेत्र भएर आवतजावत गर्ने यात्रु र सवारी साधनहरुलाई वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन्।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.