सौतेनी दिदीलाई बलात्कार गर्ने २६ बर्षका युवक पक्राउ

गोरखा ९, भदौं ।

जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सिरानचोक गाउँपालिका घर भएका २६ बर्षिया पुरुषलाई आफ्नै सौतेनी दिदीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो ।

बोल्न र सुन्न नसक्ने अबस्थामा रहनु भएकी ३२ बर्षकी सौतेनी दिदीलाई उनले आफ्नै घरमा सुति रहेको ठाउँबाट तानेर भान्सा कोठमा लगेर जवरजस्ती बलात्कार गरेको उहाँले बताउनुभयो । घटना लगत्तै पिडित महिलाले रुदै आफ्ना श्रीमान र जेठानी लगायत घरका सदस्यलाई जानकारी गराएपछि आरोपित पुरुष घर छोडेर भागेका थिए ।

पिडितको पक्षबाट उनको संरक्षकले प्रहरीमा जाहेरी दिए लगत्तै खोजी गर्दा अभियुक्त पुरुष लुकुछिपी बसेको अबस्था गएराती पक्राउ परेको डिएसपी दाहालले बताउनुभयो । सिरानचोक गाउँपालिकामा रहेको आफ्न्तको घरमा लुकेर रहेको अबस्थामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेको व्यक्ति माथि जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि ७ दिनको म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयो । नागरिक सवालबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.