लाप्राक गोरखा :-
गाेरखाकाे धार्चे गाउँपालिकास्थित वडा नं. ४ लाप्राकमा एक स्थानीयकाे घरमा अागलागी हुँदा आलु १२ मुरी,लसुन १ मुरी,काठको बाकस ३ वटा, बासको भकारी सानो ठुलो गरी २२ वटा, बक्सु जाडोमा लगाउने-३ वटा,लत्ता कपडा,भाडाँ वर्तनहरु पुर्ण रुपमा जलि नष्ट भएको छ ।
स्थानीय अम्बिर गुरुङ्को ढुङ्गा माटोले बनेको काठ चित्रा र जस्ताले छाएको १ तले कच्ची घरको चुलोमा रहेको आगोको झिल्काबाट अचानक घरमा आगोलागी हुन जादाँ घर पुर्ण रुपमा जली नष्ट भएको एक स्थानीयले बताएका छन । भाद्र ५ गतेका दिन दिउँसाे करीब ४ः१५ बजेतिर घटना भएकाे बताइएकाे छ ।
घटनास्थल अस्थायी प्रहरी पाेषट लाप्राकबाट ३ घण्टा टाढाकाे पैदलदुरीमा पर्दछ । घटनाकाे जानकारी पाए लगत्तै साे प्रहरी पाेष्टबाट खटी गएकाे टाेली घटनास्थल तर्फ गइसकेकाे छ भने बिस्तृत बिवरण अाउन बाँकि रहेकाे बताइएकाे छ ।