गोरखा – गोरखामा भदौ १ गतेदेखि भदाै ११ गतेसम्म लकडाउन गरिने भएको छ । आज आइतवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ११ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन अवधिभर अत्यावश्यकबाहेकका सबै पसल, व्यवसाय बन्द गर्ने, बैङ्क तथा वित्तीय संस्थाको सेवा पनि बन्द गर्ने र अहिले खुल्दै आएका सरकारी कार्यालयको सेवा पनि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो । बैठकले अहिले जारी निषेधाज्ञालाई कायम राख्दै थप कडाइ गर्ने निर्णय गरेको हो । गाेरखामा पछिल्लो पटक निषेधाज्ञा साउन ३२ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । त्यसैलाई भदौ ११ गते राति १२ बजेसम्म निरन्तरता दिँदै थप कडाइ गर्ने निर्णय भएको हो ।कोभिड व्यवस्थापन समितिको निर्णयअनुसार अत्यावश्यक सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खुल्नेछन् । अत्यावश्यक अन्तर्गत दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल, दुध, दही, माछामासु, कृषिजन्य बिउबिजन, मल, पशुपक्षीको दाना बिक्री गर्ने पसल, निर्माण सामग्री बिक्री गर्ने पसल, वर्कशप लगायतलाई समावेश गरिएको छ ।
गोरखामा भदौ १ गतेदेखि भदाै ११ गतेसम्म लकडाउन
Facebook Comments Box