२० दिन अघि हराएका थापाकाे शव बुढीगण्डकी किनारमा भेटियाे
गोर्खा संसार
Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/themes/viral-pro/inc/template-tags.php on line 96
२० दिनअघि बेपत्ता भएका आरुघाट गाउँपालिका ३ सोतीका ४५ वर्षिय भु बहादुर थापाको शव बूढीगण्डकी नदी किनारमा भेटिएको छ । धादीङको त्रिपुरासुन्दरी २ पड्केघारी नजिकै शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । शव आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । साउन १ गतेदेखि बूढीगण्डकी छेउमा मोवाईल र चप्पल छाडेर उनी बेपत्ता भएका थिए ।