गाेरखाकी प्रिति र झापाकी ज्याेति जेल चलानः रहस्य थाहा पाउन तुरून्तै पढनुहाेस

गोरखा १८, साउन ।

गत असारमा पक्राउ परेका गाेरखाकी प्रिति थापा र झापाकी ज्याेति पाेमुलाइ अदालतकाे निर्णयबमाेजिम जेल चलान गरिएकाे छ ।

यौन धन्दा गराउने अाराेपमा पक्राउ परेका दुवै जनालाई जेल चलान गरिएको हाे । जिल्ला अदालतले काठमाण्डौंले गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएकी प्रिती थापा मगरलाई थुनामा पठाउन आदेश दिएको हो ।

थापासंगै प्ल्याट भाडामा लिएर यौनधन्दा गराउने झापाको गौरादह नगरपालिकाकी ज्योती पोमुलाई अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको जनाएको छ । उनिहरुले युवतीलाई यौन धन्दामा लगाउने गरेको खुलेपछि मानव बेचविखन अनुसन्धान ब्यूरोले गएको असारमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

अदालतको आदेशले दुवैजनालाई पुर्पक्षका लागि केन्द्रिय कारागार जगन्नाथदेवल थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले जानकारी दिनुभयो ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.