कोशिशद्धारा तनहू जिल्लाका ६ वटा स्थानीय तहमा स्वास्थ्य सामग्री सहयोग

तनहुँ, श्रावण १४
मनोसामाजिक सुस्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको संस्था कोशिशले तनहुँका ६ पालिकाहरुलाई स्वास्थ्य सामग्री सहयोेग गरेको छ ।
संस्थाले तनहुँको भानु, वन्दीपुर, व्यास, म्याग्दे, भिमाद र शुक्लागण्डकी गरी ६ वटा पालिकाहरुमा पुुगेर हरेक पालिकामा ३२५० थान मास्क, ३० लिटर स्यानिटाइजर, ६ सेट अक्सिमिटर २ सेट पीपीइ सहयोग गरेको कार्यक्रम संयोजक रविलोचन पौड्यालले बताउनुभयो ।
सामग्री बुझ्ने क्रममा मनोसामाजिक स्वास्थ्य प्रवद्र्धनमा कोशिशले गरिरहेको काम एकदमै प्रभावकारी रहेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । अहिलेको वर्तमान परिवेशमा कोभिडबाट बिश्व आक्रान्त बनिरहेका बेला कोशिशको सहयोगलाई एकदमै महत्वपूर्ण रुपमा लिइएको पनि उहाँले बताउनुभयो ।
सस्थाले सीवीएम संगको साझेदारिमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धनका लागि विभिन्न क्रियाकलाहरु गरिरहेको छ । हालको जटिल परिस्थितिमा पनि फोन तथा टोल फ्रि नम्वर १६६०६१ ५२००७ मार्फत समेत मनोसामाजिक सहयोग प्रदान गरिरहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.