Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
५ बर्ष अघि गाडी ताेडफाेड गरी फरार घ्याम्पेशालका एक युवा प्रहरी नियन्त्रणमा

५ बर्ष अघि गाडी ताेडफाेड गरी फरार घ्याम्पेशालका एक युवा प्रहरी नियन्त्रणमा

गोरखा ११, साउन ।

५ बर्ष अगाडी गाडी तोडफोड गरेर फरार भएका घ्याम्पेशालका एक पुरुषलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएकाे  छ ।
२०७३ साल असार १३ गते भिमसेन थापा गाउँपालिका १ को घ्याम्पेशालमा ना ५ ख ७२११ र ना ५ ख १०४९ नम्बरको याुत्रबाहक बस तोडफोड गरि जिल्ला प्रशासन कार्यालय गोरखाले १ लाख २७ हजार ५०० जरिबाना सुनाएपछि भागेका बारपाक सुलिकोट गाउँपालिका ८ का ४६ बर्षिय चुर्णबहादुर गुरुङलाई सोमबार गोरखा सदरमुकामबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तोडफोड पछि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उत्त मुद्दाको २०७७ साल असोज २२ गते गुरुङलाइ उक्त रकम जरिवाना र १ महिना कैद फैसला गरेको प्रशासन कार्यालयले जनाएको छ । गुरुङलाई आजै जिल्ला प्रशासन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.