जिल्ला गोरखा, पालुङटार न.पा. वडा नं. २ खोप्लाङ तिलहार बस्ने कमल नेपालीको श्रीमती बर्ष ४८ कि सुकमाया मग्राती(नेपाली) मिति २०७८।०४।०३ गते दिउँसो ०३:०० बजेको समयमा घरबाट एक्कासी निस्की हिडेकी र ऐ. गोरखा न.पा. वडा नं. १० स्थित छेपेटारको पुल नजिकै स्थानिय व्यक्तिले समेत देखेको बताइएकाे छ ।
प्रेस विज्ञप्ती
सहितको खोजतलास निवेदनको आधारमा निज हराएकी महिलाको प्रहरी र स्थानियहरु मार्फत खोजतलास गर्दै जाँदा आज मिति २०७८।०४।०५ गते दिउँसो अं. ०२:४५ बजेको समयमा जिल्ला गोरखा, गो.न.पा. वडा नं. १२ हात्तीसार फाँट नजिकै दरौंदी नदी किनारमा निज सुकमाया मग्राती(नेपाली)लाई मृत अवस्थामा निजको आफन्तहरुले फेला पारेको, उक्त घटनामा यस जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरीक्षक सहितको टोली खटी गई मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी मृत शव पोष्टमार्टमको लागि गोरखा अस्पताल गोरखामा ल्याईएको, यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको ।