रोपाइँ गरी फर्कने क्रममा पोखरीमा खस्दा रिताकाे ज्यान गयाे

पालुङटार नगरपालिका–८ मुलाबारीकी १३ वर्षीया रिता नेपालीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

रोपाइँ गरी फर्कने क्रममा पोखरीमा खसेकी नेपाली अचेत अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उनलाई तत्काल धुवाकोट स्वास्थ्य चौकीमा पुर्याए पनि स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।गोरखा जिल्ला भित्र बिशेष गरी वर्षातको मौसममा बालबालिकाहरु विभिन्न रुपबाट भवितव्यमा परी ज्यान गुमाउन सक्ने खतरा रहेको तथा निजहरु माथि विभिन्न किसिमका जोखिमको सम्भावना समेत रहेको हुँदा सम्पुर्ण अभिभावकहरुलाई आ-आफ्नो बालबालिकाहरुको सुरक्षित रेखदेख, निग्रानी तथा संरक्षण गर्न समेत जिल्ला प्रहरी कार्यालय गोरखा अनुरोध गर्दछ ।

स्थानीय रनबहादुर गुरुङले बनाएको पोखरीमा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयाे ।

राेपाइ सकेर साथीहरूसँगै हातखुट्टा धुन नजीकैकाे पाेखरीमा गएकी नेपाली चिप्लेर पाेखरीमा खसेकाे र साथीहरूले खबर गरे लगत्तै पाेखरीबाट निकालिएकाे स्थानीयले बताएका छन् । रिता अकला माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्थिन ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.