दाङ २९, असार ।
एकाबिहानै आज एक युवक माथि खुकुरी प्रहार भएको छ । तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेमा दंगिशरण गाउँपालिका –५ बस्ने ३२ बर्षीय निर्मण बस्नेतले तुल्सीपुर–५ रानीजरुवाका २३ बर्षीय विशाल सुनारलाई माथि खुकुरी प्रहार भएको हो ।
केएम जिम क्लबमा युवक माथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकाको सुनारको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना संलग्नको खोजी भइरहेको जनाइएको छ ।