सम्भव नेपाल नामक संस्थाले गोरखाका पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स र स्वास्थ्य सामाग्री सहयोग

गोरखा । सम्भव नेपाल नामक संस्थाले गोरखाका पाँच स्थानीय तहलाई ६ वटा एम्बुलेन्स र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सो संस्थाले एम्बुलेन्ससहित करिब १ करोड बराबरको सामाग्री गोरखाका स्थानीय तहलाई सहयोग गरेको हो ।

जसमा गोरखा नगरपालिकालाई २ वटा एम्बुलेन्स, शहिद लखन, धार्चे, भिमसेन थापा र गण्डकी गाउँपालिकालाई १/१ वटा एम्बुलेन्स सहयोग गरिएको संस्थाका अध्यक्ष प्रेम खत्रीले बताए ।

त्यस्तै एम्बुलेन्समा आवस्यक अक्सिजन सहितको सिलिण्डर, रेगुलेटर, अक्सिजन मास्क, नौजल ६/६ थान, सर्जिकल मास्क ५० हजार थान, सनिटाइजर ८ सय लिटर, भिटिएम १ हजार २ सय थान, अक्सिमिटर १ सय थान, एन्टिजेन किट ६ सय थान, स्प्रेगन ३० थान, थर्मलगन ६ थान र स्टेचर ६ थान समेत सहयोग गरिएको उनको भनाई छ ।

संस्थाले प्रति एम्बलेन्स करिब १२ लाखका दरले ७२ लाख खर्च भएको र अन्य स्वास्थ्य सामग्री करिब ३० लाख बराबरको रहेको बताएको छ ।

सो सामाग्री बुधबार गोरखा नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका पूर्व नेता सुरेन्द्रराज पाण्डे र संस्थाका अध्यक्ष खत्रीले संयुक्त रुपमा स्थानीय तहहरुलाई हस्तान्तरण गरेका हुन ।

एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्री बुझ्न गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, गण्डकी गाउँपालिकाका अध्यक्ष हाेम बहादुर राना, शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, धार्चे गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङ्ग कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका काँग्रेस नेता पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै कोरोना महामारीलाई परास्त गर्न सकै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

सम्भव नेपालले यो परिस्थितीमा आवस्यकता अनुसारको साधन र सामाग्री सहयोग गरेको भन्दै कुनै पनि हालतमा यसको दुरुपयोग हुने अवस्था आउन नदिन स्थानीय तहलाई पाण्डेले आग्रह समेत गरे ।

साथै उनले गोरखाका अन्य स्थानीय तहलाई समेत एम्बुलेन्स लगायतका साधन र सामाग्रीको आवस्यकता रहेको भन्दै हातेमालो गर्न र सहयोग गर्न संस्थालाई आग्रह गरे । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खत्रीले आफ्नो जन्मभुमीमा सहयोग गर्न पाउदा खुसी लागेको बताए ।

त्यस्तै उनले एम्बुलेन्स र अन्य सामाग्रीको सदुपयोग गर्न पालिका प्रमुखहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले प्राप्त भएकाे सामाग्रीले जिल्लाकाे स्वास्थ्य क्षेत्रमा ठूलाे टेवा पुग्ने बताए ।

त्यस्तै उनले आगामी दिनमा गोरखा नगरपालिलकाले काेराेना संक्रमित, बुद्धबृद्धा, अपाङ्गता भएका नागिरक र सुत्केरीलाई जिल्ला भित्र र बाहिरका अस्पतालसम्म लैजान निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने याेजना रहेकाे जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठ लगायतले बोलेका थिए ।

त्यस्तै संस्थाले धार्चे र आरुघाट गाउँपालिकालाई समेत मास्क र सेनिटाइजर सहयाेग गरेकाे जनाएकाे छ । सिभिलखवरबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.