कांग्रेसका युवा नेताहरुले बाँडे ३५५ विपन्न परिवारलाई खाद्यान्न

नेपाली कांग्रेसका युवाहरुको पहलमा बन्दीपुर गाउँपालिकाका ३५५ विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । दैनिक छाक टार्न मुस्किल भएका बन्दीपुर क्षेत्रका ती अति विपन्न घरपरिवारलाई बिहीबार खाद्यान्न वितरण गरिएको हो ।
नेपाली कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारी, तनहुँका जिल्ला सदस्यद्वय सुरेश भट्टराई र विपिन गुरुङ, विद्यार्थी नेता रोजन बानिया, खुराकजङ्ग गुरुङ, नेका क्षेत्रीय प्रवक्ता राजु बानिया, नेका क्षेत्रीय प्रतिनिधि दिल बहादुर अछामी, काँग्रेस बन्दिपुरका कोषध्यक्ष बिमल भट्टराई, महिला नेतृ रीता तिवारी, तरुणदलका नेता मदन श्रेष्ठ लगायतका नेताहरुको पहलमा खाद्यान्न वितरण गरिएको हो । ती विपन्न परिवारलाई चामल, दाल, नुन, तेल प्रदान गरिएका काँग्रेस जिल्ला सदस्य सुरेश भट्टराईेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्याला मजदुरीको माध्यमबाट जिविका चलाएका ती परिवारलाई रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेको थाहा पाएपछि अति विपन्न वर्गलाई खाद्यान्न प्रदान गरिएको उनले बताए ।
बन्दीपुर १ को बानियाटार, कौसिनीछापका १०५, बन्दीपुर २ नम्बर वडाको सिमलटार, खहरे, बरटार, कुकुर्दी, ग्वादी, आर्थुम्काका १३३, बन्दीपुर ३ नम्बरका सुखौरा, ठाडोखोलाका ४२, बन्दीपुर ५ को याम्पा, कल्चोक गाउँका ६० र ६ नम्बर वडाका १५ अति विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएका हो । निषेधाज्ञामा खान नपाएर भोकमरीबाट जोगाउन उनीहरुलाई राहत पु¥याउने उद्देश्यले खाद्यान्न सहयोग गरिएको उनले बताए ।
बन्दीपुर क्षेत्रमा ५ लाख ५० हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको नेका जिल्ला सदस्य भट्टराईले जानकारी दिए । ‘सरकार र यहाँको स्थानीय तहको मुख ताकेर बस्दा विपन्न वर्गले भोकले ज्यान गुमाउन नपरोस् भनेर सहयोग गरेका हौं,’ भट्टराईले भन्नुभयो ।
त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले व्यक्तिगत रुपमा १ हजार थान मास्क र २५ लिटर सेनिटाइजर व्यक्तिगत रुपमा वितरण गर्नुभएको छ । साविक नेका धरमपानी गाविसका सभापति बुद्धि गुरुङ, तरुण दल बन्दीपुरका सहसचिव अनुज तिमल्सेना, नेका बन्दीपुर २ का सचिब धु्रव केसी, राम बहादुर जिसी लगायतको उपस्थिति थियो ।
युवाहरुले निषेधाज्ञाको जोखिम समयमा सहयोग गर्न तयार रहेको भन्दै बन्दीपुरका संक्रमित लगायत अन्य बिरामीहरुका लागि सवारीसाधनको समेत व्यवस्था गरेको जनाएका छन् । आवश्यक परेमा सम्पर्क गरी सेवा लिन समेत उनीहरुले अनुरोध गरेका हुन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.