काठमाडौं । काठमाडौंको न्युरोडबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट १३ लाख ४३ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सितापाईला घर भएका कुमार लामिछानेसहित १५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको छ ।
ratopati