एउटै पालिकाका २ जना वडाध्यक्षकाे काेराेना संक्रमणबाट मृत्यु

जेठ २१, राैतहट ।

राैतहटकाे एक नगरपालिकाका २ वडाध्यक्षकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । नगरपालिकाकाे वडा नम्बर २ का अध्यक्ष विशुनदेव सहनी र वडा नम्बर ७ का अध्यक्ष रामीशवर यादवको कोरोना संक्रमणका कारण मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

गएको १ महिनादेखि उपचाररत ६० वर्षीय सहनीको गएराती सिभिल अस्पताल काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो । उहाँलाई घरमा नै संक्रमण भएको थियो । त्यस्तै सोही नगरपालिका ७ का वडा अध्यक्ष ५० वर्षीय रामिशवर यादवको झन्डै १ महिनाअघि संक्रमणबाट निधन भएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.