छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार ।।

आँबुखैरेनी, २५ बैंशाख । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा आफ्नो सन्तानको भावी सुरक्षाको लागि अभिभावकहरुले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको हो । यसैक्रममा, तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ निवासी भोला गंगजुले आज (शनिबार) आफ्नो छोरी संजिला गंगजुको १९ औं जन्मदिनको अवसरमा सावधिक जिवन बिमा अन्तर्गत १० लाख रुपैयाँ बराबरको बिमा पोलिसी उपहार दिएका छन । युनियन लाईफ इन्स्योरेन्स आँबुखैरेनीका एजेन्सी म्यानेजर समेत रहनुभएका गंगजुले भबिष्य सुनिश्चितको लागि छोरीको जन्मदिवसको अबसरमा १० लाख रूपियाँ बराबरको बिमा पोलिसी उपहार दिएको युनियन लाईफ इन्स्योरेन्स आँबुखैरेनी शाखाका म्यानेजर सबिता भट्टराईले जानकारी दिनुभयो । गंगजुले यस अघि पनि आफ्नो जेठी छोरीको बिहेमा दाईजो स्वरुप एक मुष्ठ १० लाख रुपैंयाको बिमा पोलिसी प्रदान गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.