गाेरखा, बैशाख १७
सामान्यतया मागी बिबाह भन्नेबित्तिकै हाम्राे मानसपटलमा एउटै जात र धर्म भएका केटा र केटीबीच हुने भन्ने बुझ्दछाैं । तर गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ का निशान देवकाेटा र सुनिता श्रेष्ठ जाेडीले यस्ता खालका पुरातनबादी परम्परा ताेडदै मागी बिबाह गरेका छन् ।
देवकाेटा र श्रेष्ठ दुवै साेही वडा निबासी हुन । उनीहरूबीच लामाे समयदेखि प्रेम सम्बन्ध रहेपनि फरक जातक भएकाले शुरूमा मागी गर्न सफल भइन्छ वा भइदैन उनीहरूलाइ थाहा थिएन । तर अन्त्यमा उनीहरू दुवैले अा अाफ्नाे परिवारमा मनाउन सफल भएका छन र अन्तत ः अाज उनीहरू बिबाह सूत्रमा बाँधिन सफल भए । यसरी बिबाह सूत्रमा बाँधिन पाउँदा दुवैजना निकै खुशी देखिन्थे ।
देवकाेटा पेशाले इन्जिनियर हुन भने श्रेष्ठ स्नातकोत्तर तहमा अध्ययनरत छन् ।
लाै हेर्नुहाेस बाजा बजाएर गरिएको वडाकै पहिलो अन्तरजातीय मागी बिबाह
Facebook Comments Box