गोरखा । सडकमा राेकी राखेकाे ग १ ज ७२६४ नम्बरकाे बाेलेराे जीप अर्मला भीरबाट बुढीनदी किनारमा खसेकाे छ । भवानी मावि मान्वु हाेस्टेलमा बसेका विद्यार्थीहरु विद्यालय विदा भएपछी घर जाने क्रममा आज विहानै जीप बाेलाएका जिए । साेतीबाट अर्मला पुगेकाे जीप विद्यार्थी पर्खीरहेकाे अवस्थामा एक्कासी व्याक भएर नदि किनारामा खस्दा जीपमा रहेका केराैँजा हुलचुक घर भएका १० वर्षिय बालक देवराज घले घाइते भएका छन् ।
जीपमा रहेका उनलाइ चाेट लागेकाे अवस्थामा जीप चालक सहितका स्थानीयले उद्धार गरी आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका छन् । घटना स्थलमा प्रहरी केहीबेर अघि पुगेकाे छ ।