गोरखा १५, बैशाख ।
गोरखा आज बिहान एक बृद्धले झुण्डिएर आत्माहत्या गरेका छन् । जिल्लाको सहिद लखन ७ बुङकोट डाँडागाउँका अन्दाजी ९२ बर्षका क्षेत्रनारायण श्रेष्ठले झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले घर नजिकै धन्सारमा झुण्डिएको अबस्थामा बिहान फेला परेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनास्थल पुगेर मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी गरिहेको जनाइएको छ ।