रेडियो बन्दिपुरका अध्यक्ष एवं वरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठद्वारा ९ आमा समूहका लागि १८० कुर्सी प्रदान

डिपि अधिकारी / पाैष १५
रेडियो बन्दिपुरका अध्यक्ष एवं वरिष्ठ समाजसेवी सन्तकुमार श्रेष्ठ र उहाँकाे परिवारले उहाँकाे पिता स्वर्गीय पुननारायण श्रेष्ठ र माता उजेलीमायाकाे स्मृतिमा बन्दिपुर गाउँ पालिका भित्र रहेका ९ वटा आमा समूहका लागि कुर्सी प्रदान गर्नु भएकाे छ ।
तनहुँकाे बन्दिपुर १ मा रहेकाे छपेली आमा समूह, वडा नं. ४ मा रहेकाे शिवालय आमा समूह, बन्दिपुर ५ काे याम्पाफाँटमा रहेकाे सयपत्री आमा समूह, प्रगति आमा समूह, सिर्जनशिल आमा समूह, दलित आमा समूह , भुजेलगाउँमा रहेकाे टाेल विकास संस्था , थुम्कामा रहेकाे समाज कल्याण आमा समूह र काेरिखामा रहेकाे देउराली आमा समुहलाई प्रति समूह २० थानका दरले करिब १ लाख मूल्य बराबरकाे कुर्सी सहयाेग गर्नु भएकाे हाे ।
कुर्सी हस्तान्तरण कार्यक्रममा बन्दिपुर गापाका अध्यक्ष पूर्णसिं थापाले समाजसेवी श्रेष्ठले बन्दिपुरमा सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गर्नु भएकाे भन्दै प्रशंसा ब्यक्त गर्नु भयाे । वडा नं. १,४ र ५ मा भएकाे छुट्टाछुट्टै कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ध्रुब प्रसाद लामिछाने, डुम्रे बजार टाेल बिकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ , डुम्रे-बिरुवाटार टाेल बिकास संस्थाका अध्यक्ष राजु खड्गी, समाजसेवी श्रेष्ठका छाेरी प्रशिया, ज्वाइँ विकास श्रेष्ठ लगाएतकाे सहभागिता रहेकाे थियाे ।
समाजसेवी श्रेष्ठ र उहाँकाे छाेरा अभिषेक श्रेष्ठले निकट भविष्यमै बन्दिपुर बजारमा बाेरिङ मार्फत खानेपानीकाे ब्यवस्थापन , चुन पहरामा मन्दिर निर्माण, डुम्रे चिसापानीमा क्रियापुत्री भवन निर्माणमा सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.