गोरखा – गोरखाको जराङमा रहेको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सामाजिक संस्थाले न्यानो कपडा बितरण गरेको छ ।
बारपाक सुलिकोट गाउँपालिका ८ को जराङमा रहेको ब्रह्मचारीणी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रोट्रयाक क्लब अफ बज्र मनास्लुले न्यानो कपडा वितरण गरेको हो ।
क्लबले कक्षा १ देखी ८ सम्म अध्ययनरत ४४ जना बिद्यार्थीहरुलाई स्विटर र १ दर्जनका दरले कपी वितरण गरेको क्लबका निबर्तमान अध्यक्ष अनुशा श्रेष्ठले बताईन । ‘हामीले प्रोजेक्ट तातो अन्तरर्गत स्कुलमा अध्ययनरत बिद्यार्थीहरुलाई स्विटर बितरण गरेका हौ’ उनले भनिन् ।
बितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष अम्बर गुरुङको समेत उपस्थिती रहेको थियो । अध्यक्ष गुरुङले क्लब संग समन्वय गरेर बिद्यार्थीहरुलाई उत्त सामाग्री बितरण गर्न सफल भएका हुन् ।