डुम्रे प्रहरीद्धारा साँढे २ महिनाको अवधिमा ३७ जना फरार प्रतिवादी पक्राउ

ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँले साँढे २ महिनाको अवधिमा विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रेहका ३७ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल बनेको छ । फरार प्रतिवादिहरुलाई पक्राउ गर्ने अभियान चलाएको डुम्रे प्रहरीले आइतबार एकै दिन ८ जना फरार व्यक्ति पक्राउ गरेको हो । आईतबार परेकाहरु मध्ये सवारी ज्यान मुद्धाको १ जना, सम्बन्ध विच्छेदको १ जना, बहुविबाह मुद्धाका १ जना, लुटपिट मुद्धाका ४ जना, र जालसाजी मुद्धाका १ जना रहेको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकास भुसालले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकास भुसाल सरुवा भई आउनु भएको करिब साँढे २ महिनाको अवधिमा उहाँको नेतृत्वमा ३७ जना फरार प्रतिवादिहरुलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । ३७ जना फरार प्रतिवादिहरुमा सवारी ज्यान मुद्धाका ९ जना, लागु औषधका ३ जना , ज्यान सम्बन्धि मुद्धाका ४ जना, जवरजस्ती करणी मुद्धाका १ जना, चोरी मुद्धाका १ जना र अन्य मुद्धाका १९ जना पत्राउ गरिएको सहायक प्रहरी निरीक्षक दिनेश पौडेलले बताउनुभयो । पक्राउ परेकाहरुबाट हुन आउने कैद ५ वर्ष १० दिन र जरिवाना २ लाख ४३ हजार ९४४ रुपैयाँ असुल र कैद भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.