लायन्स क्लब अफ आँबुखैरेनीद्धारा बिद्यालयमा खेलकुद सामग्री बितरण

रविन्द्र कंडेल
६ पौष, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ६ स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा लायन्स क्लब अफ आँबुखैरेनीले खेलकुद सामग्री बितरण गरेको छ ।
लक्ष्मी मा.वि.एस.एल.सी.ब्याच २०५६ का बिद्यार्थीहरुको सक्रियतामा क्लबले बिद्यालयका बिद्यार्थीहरुका लागि स्वीटर,कापी, कलम,व्याग लगायतका सामग्रीहरुका साथै खेल सामग्री बितरण गरिएको कार्यक्रम संयोजक लायन सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठलाई पनि सो अवसरमा सम्मान समेत गरिएको र आगामी दिनहरुमा पनि यस्ता सहयोगलाई निरन्तरता दिँदै जाने लायन्स क्लब अफ आँबुुखैरेनी सिटी का अध्यक्ष शिव खनालले बताउनुभयो । त्यस्तै गरी क्लबका द्धितीय उपाध्यक्ष देव बहादुर श्रेष्ठ, भूतपूर्व बिद्यार्थी सञ्जीव सेडाईंले बिभिन्न स्थानहरुमा बिभिन्न समयमा सामाजिक हितका काम गर्दै अघि बढिरहेको बताउनुभएको थियो ।
बिद्यालयका प्रधानाध्यापक टिकाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. ६ का कार्यबाहक अध्यक्ष उमाकुमारी श्रेष्ठले लायन्सले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.