पालुङटार नगरपालिका वडा नम्बर ५ ठाँटिपोखरीमा गए राति ४० तोला चाँदी चोरी भएको छ । पालुङटार नगरपालिका समि चौतारा नजिक घर फुटाएर ४० तोला चाँदी चोरी भएको हो । पालुङटार नगरपालिका ठाँटिपोखरीमा समीर सुनचाँदी पसल संञ्चालन गर्दै आएका पालुङटार नगरपालिका वडा नम्बर १० मिरकोट घर भएका सुरेश रसाइलीको कोठाबाट गए राति ४० तोला चाँदी चोरी भएको उनले बताएका छन् । करिब एक बर्ष देखि स्थानीय वालकृष्ण गिरीको घरमा भाडामा बस्दै आएका उनी हिजो कोठा बन्द गरि घर गएको र आज आँउदा ढोका खुल्लै रहेको र भित्र हेर्दा दरजमा राखेको चाँदी नरहेको बताएका छन् । दराजको साँचो हाम्रो कोठामा नै हुन्थ्यो उनले भने, दराजको साँचोले खोलेर त्यहीँ रहेको चाँदी लगेको पनि उनले बताए ।
सुनाैलाेपत्रिकाबाट