आँबुखैरेनी, पौष १ । युवा समाजसेवी तथा व्यवसायी अभियान श्रेष्ठले रामशाह माध्यमिक विध्यालय आँबुखैरेनीमा अध्ययनरत १ सय १४ जना विद्यार्थीलाई आज(बुधबार) सुईटर बितरण गर्नुभएको छ । विध्यालयको अफिस कार्यालयमा श्रेष्ठका आमा अम्बिका श्रेष्ठको आग्रहमा कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने बिपन्न वर्गका विद्यार्थीहरुलाई सुईटर बितरण गर्नुभएको हो । श्रेष्ठले आफ्नै पहलमा विद्यार्थीहरुलाई जाडो मौंसममा चिसोबाट बच्न तथा अध्ययन गर्न सहज वातावरणको लागि सहयोग स्वरुप ६० हजार रुपैंया बराबरको सुईटर वितरण गर्नुभएको रामशाह माध्यमिक विध्यालय आँबुखैरेनीका प्रधानाध्यापक प्रेमराज लामिछानेले जानकारी दिनुभयो ।
श्रेष्ठद्वारा रामशाहका १ सय १४ जना विद्यार्थीलाई सुईटर बितरण ।।
Facebook Comments Box