नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल रिहा

अमरराज नहकी
तनहुँ, मङ्सिर १७ गते । पुल उद्घाटनको विषयलाई लिएर तनहुँको सदरमुकाम दमौली तनावग्र भएपछि पक्राउ पर्नु भएका नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा हुनु भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले तीन घण्टा पछि बुधबारसाँझ ६ बजे रिहा गरेको हो । तनहुँ जिल्ला स्थित नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बीच पुल उद्घाटनको विषलाई लिएर विवाद भएर झडप हुने स्थिती आएपछि वरिष्ठ नेता पौडेल सहित काँग्रेसका जिल्ला स्तरका नेता पक्राउ परेका थिए । रिहा पछि पौडेलले मण्डले तस्कर र गुण्डागर्दी प्रवृत्तिको कारणले गर्दा तनहुँमा आन्दोलन गर्नु परेको र आन्दोलन अघि बढ्ने बताउनुभयो ।
साथै पौडेलले शक्तिको दुरुपयोग गरी शान्तिपूर्ण कार्यक्रममाथी गुण्डा र तस्करको आदेशले गर्दा विथोल्न खोजिएको आरोप लगाउनुभयो । कोखमा लाठीले पेलिएकोले चोट परेकोले धेरै बोल्न नसकेको पौडेलले बताउनु भएको थियो । पौडेलले कसैले चाहेर कार्यक्रम नबिथोलिने र शुक्रबार भेला हुन कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । स्थिती तनावग्रस्त भएपछि प्रशासनले निषेध आज्ञा गरेको थियो । नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिए पछि साढे दुई घण्टा पृथ्वीराजमार्ग अबरुद्ध भएको थियो ।

गाेरखापत्रअनलाइनबाट

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.