चितवनको इच्छाकामना गाउँपालिका वडा नंं २ को वडा कार्यालय भवन बनाउनका लागि जग्गा प्राप्ति भएको छ। स्थानीय तोप बहादुर बुढाथोकि मार्फत वडा कार्यालय भवन बनाउन निःशुल्क १ कठ्ठा जग्गा प्राप्ति भएको हो।
उनले वडा कार्यालय भवन बनाउनका लागि गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साल, वडाध्यक्ष पञ्च बहादुर चेपाङका लगायत अन्य स्थानीयहरुको रोहवरमा निःशुल्क जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन्। स्थानीय बुढाथोकिले निःशुल्क उपलब्ध गराउने जग्गा सम्बन्धमा गाउँपालिका र बुढाथोकि बिच आजै एक सम्झौता समेत भएको गाउँपालिकाले जानकारी दिएको छ।
वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्ति भएसँगै अब कार्यालय भवन निर्माणको प्रक्रिया छिट्टै सुरु गरिने गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो। यस्तै जग्गा उपलब्ध गराउने दाता तोप बहादुर बुढाथोकिलाई अध्यक्ष गुरुङले धन्यवाद व्यक्त गर्दै फुलमाला लगाएर सम्मान समेत गरिदिएका छन्।
इच्छाकामना गाउँपालिका वडा नंं २ को वडा कार्यालय भवन बनाउनका लागि जग्गा प्राप्ति
Facebook Comments Box