गाेरखा, गाेरखाकाे पालुङटार नगरपालिका का मेयर दिपकबाबु कंडेल ले धानकाे कुन्युमा अागाे लगाउनेकाे पहिचान गरी कडा कारबाही गर्न निर्देशन दिनुभएको छ । नगरपालिकाकाे वडा नं ७ पाेखरेली गाउँमा गत मंसिर ४ गते दिउँसो करिब २ बजेतिर बेलीमाया कुमालकाे अांगनमा रहेकाे कुन्युमा अागाे लागेकाे थियोे । घरमा काेही नभएकाे बेलाा अागलागी भएसंगै स्थानीय हरूले थाहा पाएर मुस्किलले अागाे नियन्त्रणमा लिएका थिए । जसबाट ३० मुरी बराबर धानमा क्षति पुगेकाे बताईएकाे छ । कुमालकै घरमा पुगी क्षतिकाे अबलोकन गरी मेयर कंडेल ले स्थानीय प्रहरी प्रशाशनलाई दाेषीकाे पहिचान गरी कारबाहीको दायरामा ल्याउन निर्देशन दिंदै नगरपालिका काे तर्फबाट क्षतिपूर्ति काे लागि पहल गर्ने बताउनु भयाे ।
धानकाे कुन्युमा अागाे लगाउनेलाई पहिचान गरी कडा कारबाही गर्न मेयरकाे निर्देशन
Facebook Comments Box