धादिङ, ४ मंसिर । धादिङको बेनीघाट बजारमा रहेको नि:शुल्क कपडा घरलाई काठमाडौंबाट मन्जु पाठकले कपडा सहयोग गर्नु भएको छ ।
सबैलाई खाना र नाना भन्ने अभियानलाई साथ संचालनमा आएको बेनीघाटको नि:शुल्क कपडा घरलाई बिहिबार काठमाडौंबाट मन्जु पाठकले कपडा सहयोग गर्नु भएको हो ।
उक्त नि:शुल्क कपडा घरलाई स्थानीय अभिषेक पाण्डेले केही थान कपडाहरु सहयोग गर्नुभएको दिपेश कडेलले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
बेनीघाट क्षेत्रमा धेरै निम्न वर्गाीय चेपाङ परिवारको बस्ती भएकाले उनीहरुका लागि नै लक्षित गरी कपडा बैंक खोलिएको भए पनि अन्य समुदायका असाह्य र गरिवहरु समेत लावन्भित बनेका छन् ।