भिरबाट ट्रिपर खस्दा चालक र सहचालक दुवैकाे घटनास्थलमा ज्यान गयाे

कात्तिक २०–

नवलपरासीकाे  विनयी त्रिवेणी गाउँपालिकामा अाज (बिहिबार)  भिरबाट ट्रिपर खस्दा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार विनयी त्रिवेणी–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडक खण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ चुनढुङ्गा लिन जादै गरेको २–०३–००१ क ००७५ नम्बरको ट्रिपर दुर्घटनामा परेको हो ।

ट्रिपर भिरबाट करिब तीन सय मिटर तल खस्दा ट्रिपरका चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.