गोरखाको भिमसेन थापागाउँपालिका – ४ चौतारामा गए राती एक महिला माथी छुरा प्रहार गरिएको छ ।
भगवती स्कुल नजिक रहेको पसलमा परिवारसहित पसलमा सुतेको बेलामा करिब ११ बजेर १५ मिनेटमा उहाँमाथी छुरा प्रहार गरिएको आफन्तले बताएका छन । किराना पसलमा नै सुतेका बेलामा चोरी गर्ने उदेश्यले आएका ब्यक्तीले राती घाइते करिब बर्ष २५ कि सन्जु भट्टमाथी छुरा प्रहार गरेका थिए । राती नै आरुघाटदेखि प्रहरी टोलि आएर घटनाको अनुसन्धान भइरहेको छ ।
पैसा, गहना लगायत अन्य सामान लिएर जान पाएनन साथै, घाइते महिलालाई थप उपचारका लागि चितवन लगिएको पारिवारिक स्रोतले जानकारी दिएका छन ।