गोरखा, १६ असोज
गोरखामा भोली शनिबार दिनभर बिद्युत आपूर्ती बन्द हुने भएको छ । तनहुँ आँवुखैरेनी स्थित ३३ के.भि. सव स्टेशन देखि गोरखा स्थित ३३ के.भि. सव स्टेशनसम्म प्रसारण गरिएको ३३ के.भि. लाईन मुनि तथा राईट अफ वे मा परेका रुखका हाँगाबिँगा काट्नु पर्ने भएकाले बिद्युत आपूर्ती बन्द गर्न लागिएको प्राधिरकण गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिए ।
उनका अनुुसार शनिबार विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म गोरखा नगरपालिका, भिमसेन गाउँपालिका, सिरानचोक गाउँपालिका, शहिदलखन गाउँपालिका, पालुङटार नगरपालिका लगाएतका स्थानहरुमा विद्युत आपूर्ति बन्द हुनेछ । निर्धारित समय भन्दा अगाबै काम सम्पन्न भएमा अगाडी नै विद्युत सप्लाई सूचारु गरिने प्राधिकरणले जनाएको छ ।
गोरखामा भोली शनिबार दिनभर बिद्युत आपूर्ती बन्द हुने
Facebook Comments Box