Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी

मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुलाउने तयारी

मुग्लिन, ८ असोज
अविरल वर्षासँगै माथिबाट झरेको लेदोका कारण एकतर्फी सञ्चालन भैरहेको मुग्लिन–नारायणगढ सडक अहिले भने सवारी साधन रोकेर दुईतर्फी खुलाउने तयारी भैरहेको छ। गएराति उक्त सडक खण्डको इच्छाकामना ६ स्थित चारकिलो डाडाँमा लेदो झरेर एकतर्फी सवारी सञ्चालन भएको थियो।
अहिले बिहान साढे ८ बजेदेखि भने सडक दुईतर्फी सञ्चालनको लागि सवारी साधन रोकेर पहिरो पन्छाउने काम भैरहेको पहिरो स्थलमा खटिएका सडक डिभिजनका कर्मचारी रन्जिला आचार्य क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिरो पन्छाउन करिब २–३ घण्टा लाग्ने देखिन्छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.