देवघाट, २४ भदौ
तनहुँ देवघाट गाउपालिका २ नरम गाउँमा बोलेरो जिप दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन्। छिपछिपेबाट लेयर्स कुखुरा बोकेर नरम गाउँतर्फ आइरहेको बोलेरो जिप अन्दाजी २ बजे तिर दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएको हो।
दुर्घटनामा परि जिपका चालक र सह चालक गम्भीर घाइते भएको स्थानीय रामवंशी ठकुरीले जानकारी दिए। ठकुरिका अनुसार जिप अन्दाजी २०० मिटर तल खसेको छ।
घाइते दुवैजनालाइ स्थानियले उद्द्वार गरि स्थानिय स्वास्थ्य संस्थामा आकस्मिक उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छिपछिपे स्वास्थ्य चौकीका ईञ्चार्ज डा. बालकृष्ण पराजुलीले बताउनुभयो।
लेयर्स कुखुरा बाेकेकाे गाडी दुर्घटना हुंदा २ जना घाइते
Facebook Comments Box