दाहाको कुनै असर परेन महागढीमाई नगरपालिकामा

शिबशंकर मिश्र
बारा, १५ गते ।
तराईका अधिकाँश जिल्लाहरुमा मुस्लिम धर्मावलम्बीहरुले मनाउने मोहर्रम पर्व कोरोना महामारीका कारण प्रभावित भएपनि महागढीमाई नगरपालिकामा कुनै असर परेको छैन् ।
मुस्लिम धर्मका अगुवाहरुले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेपनि वडा नम्बर ३ र १० गंजभवानीपुरमा मुस्लिम समुदायले अटेर गरेर प्रहरी चौकी नजिकै ताजिया अर्थात दाहा मनाएका छन् ।
प्रहरी चौकी देखि २ सय मिटर उतरतर्फ खाली मैदानमा हजारौको सँख्यामा मोहर्रम मनाएका स्थानीयहरुले बताएका छन् ।
यस बिषयमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक कृष्ण प्रसाद पगेनी तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रलाई समेत जानकारी गराउदा उनीहरुले मौन बसेका थिए ।
कोरोना महामारीमा एकदुई जना सडकमा देख्ने बितिकै प्रहरीले लाठी चार्ज गर्नुको साथै मास्क प्रयोग नगर्नेलाई सय रुपैया दन्ड गरिदै आएको प्रमुख जिल्ला अधिकारी पण्डित मौन बस्नु मुस्लिम समुदाय प्रतिको रहस्य सावित भएको स्थानीयहरुले बताएका छन् ।
महामारीबाट बाच्न प्रशासनले अनिश्चितकालिन बारा जिल्लामा लगाएर लकडाउनको पाल्ना गर्न हाँट बजारसमेत बन्द गरी जिल्लाबासीमा अनुरोध गरेपनि मोहर्रम पर्व यसरी भिडभाडका साथ लगाउने उद्देश्य गलत रहेको नागरिक समाजले प्रशासन प्रति आक्रोश ब्यक्त गरेका छन् ।
उता बारा, पर्सामा रहेका मुस्लिम धर्मावलम्बीहरुलाई नेपाल सरकारको निर्देशिका अनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरेको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले जनाएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.