शिवशंङ्कर मिश्र , बारा
हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं भन्ने नाराका साथ लियो कल्ब गंजभवानीपुर बाराले शुक्रबार तेस्रो दिन पनि जारी राख्दै अभियान चलाउदै ६० गरिब परिवारलाई राहत समान बितरण गरेका छन् ।
बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० टोलका ६० घर धुरी गरिब, असहाय, जेहेन्दार परिवारलाई बिहिबार बिभिन्न खाद्यान्नसहित राहत बितरण गरेका कल्बका अध्यक्ष बिनय साह तेलीले बताउनुभयो ।
चामल, दाल, खानेतेल, नुन र सोयाबिन, मास्क सहितको दैनिक उपभोग्य समानको पकेट स्टलगरी हामीले राखेकोमा बिभिन्न टोलका असहाय, गरिबले आफु अनुकुल सो समान लिएर गएको कल्बका सचिव प्रितेश कुमारले जानकारी दिनुभयो ।
विश्व महामारीको कोरोना भाईरसको कारण लकडाउनमा रोजी रोटी बन्द भएपछि गरिबहरुलाई केही राहत पुगोस भनी कल्बका सदस्यहरुको सहयोगमा हुनेबाट लिने र नहुनेलाई यसरी राहतका समान बितरण गर्न अभियान चलाइएको उहाँले बताउनुभयो ।
बुधबारबाट सुभारम्भ गरिएको अभियानबाट अहिले सम्म १६० जना असहाय तथा गरिब परिवारले राहतको समान लिएर गएको तथा यो अभियान नगरपालिकाको ११ वटा वडामा जारी रहने कल्बका अर्का फोकल पर्सनल अशोक प्रसाद यादवले बताउनुभयो ।
अहिलेसम्म समाजसेवी राजेश साह तेली, महमद रुस्तम अंसारी, रुस्तम किराना पसल, संदिप किराना पसल, राजाबाबु साह, महमद जुनेद आलम, दिलिप साह र अमृत साह तेलीले आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।